| सोमवार, कार्तिक २३, २०८३

निर्माण ब्यवशायी संघ गोरखाका संस्थापक अध्यक्ष मस्केको निधन

निर्माण ब्यवशायी संघ गोरखाका संस्थापक अध्यक्ष ओमकाजी मास्केको निधन भएको छ ।

राजिव गान्धी क्यान्सर इन्सीच्यूट एण्ड रिसर्च सेन्टर नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको निर्माण ब्यवशायी संघ गोरखाले जनाएको छ ।
६३ वर्षिय मास्के एक वर्ष अघिदेखि फोक्सोको क्यान्सरबाट पिडित थिए ।

२०४८ देखि २०५० सम्म मास्के निर्माण ब्यवशायी संघ गोरखाका अध्यक्ष थिए । गोरखामा संघ स्थापना गर्न र निर्माण ब्यवशायीको हक हितका लागि उनको योगदान धेरै रहेको ब्यवशायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्