
गोरखा अस्पतालमा १७ जना भर्ना हुँदा ४ जना रेफर, उपचारपछि ९ जना घर फर्किए
गोरखा अस्पतालमा दुई साता भित्र १७ जना कोरोना संक्रमित भर्ना भएको अस्पतालले जनाएको छ । बैशाख १० अघि दोस्रो चरणमा संक्रमित नभेटिएको गोरखामा त्यसयता संक्रमित दुई सय ५० नाघेका छन् ।
अस्पतालमा भर्ना भएका मध्ये ९ जनाको स्वास्थ्य अवस्था सुधार भएपछि होम आइशोलेसन पठाएइएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए । चार जनालाई भने अस्पतालले अन्यत्र रिफर गरेको छ ।
आईसियूमा राखेर उपचार गर्नुपर्ने, गमिभर समस्या भएकालाई अन्यत्र ठुला अस्पताल रिफर गरिएको अस्प्तालले जनाएको छ । अस्पतालमा अहिले चार जना उपचाररत छन् । ६ बेड रहेको गोरखा अस्पतालमा अहिले दुई बेड मात्र खाली छ ।




