
धार्चे गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण
धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङलाई कोरोना संक्रमण भएको छ ।
गाउँपालिकाको केन्द्र माछाखोलामा रुघाखोकी र ज्वरोका बिरामी बढेपछि केही स्थानीय सहित, जनप्रतिनिधि र कर्मचारीले पिसिआर जाँच गराएका थिए ।
अध्यक्ष सहित सात जनाको रिपोर्ट आज पोजेटिभ आएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । संक्रमित दुई जना महिला र पाँच जना पुरुष छन् ।
गाउँपालिका अध्यक्ष सहित सातै जना होम आइशोलेसनमा रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।




