| सोमवार, कार्तिक २३, २०८३

गोनपा १२ मा १० हजार मास्क बितरण

गोरखा नगरपालिका वडा नम्बर १२ ले टोल बिकास संस्था मार्फत सर्वसाधारणलाई घरघरै मास्क बितरण गरेको छ ।

वडा अध्यक्ष दिलबहादुर थापा र तारानगर स्वास्थ्य चौकीका प्रमुख रामकाजी दवाडीले वडा भित्रका २० वटा टोल बिकास संस्थाका पदाधिकारी मार्फत १० हजार थान मास्क घरघरमा पठाएका हुन् ।


कोभिड १९ रोकथाम र नियन्त्रणका लागि सर्वसाधारणलाई सचेत गराउन मास्क बितरण सँगै स्वस्थ बानी ब्यवाहार अपनाउन अनुरोध गरिएको वडा अध्यक्ष दिलबहादुर थापाले बताए । उक्त मास्क वडाबाट स्वास्थ्य चौकीका लागि बिनियोजन गरिएको बजेटबाट खरिद गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्