| सोमवार, कार्तिक २३, २०८३

गोरखामा आज ४६ जना कोरोना संक्रमित थपिए

गोरखामा बिहिवार ४६ जना कोरोना संक्रमित थपिएका छन् ।

आरुघाट गाउँपालिकामा १९ जना, भिमसेन थापा गाउँपालिकामा १६ जना, शहिदलखन गाउँपालिकामा १० जना, गोरखा नगरपालिकामा १ जना गरी ४६ जनालाई संक्रमण पुष्टि भएको हो ।
‘केही १४ दिन पुगिसकेको र स्वास्थ्यमा समस्या नभएकाले डिस्चार्ज हुनुभएको छ’ स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले भने ‘बिहिवार साँझ सम्म संक्रिय संक्रमितको संख्या गोरखामा दुई सय ३७ रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्