| सोमवार, कार्तिक २३, २०८३

गोरखा अस्पतालको आइशोलेसन बेड भरियो

गोरखा अस्पतालको आइशोलेसन वेड भरिएको छ । ६ वेडको आईशोलेसन रहेको अस्पतालको बेड बुधवार साँझदेखि भरिएको हो ।
भीमसेन थापा, गोरखा नगरपालिका र शहिदलखन गाउँपालिकाका कोरोना संक्रमित अहिले आइशोलेसनमा उपचाररत रहेको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए । आइशोलेसनमा अक्सिजनको मात्र कम भएका, ज्वरो आएका बिरामी छन् । सबै ५० वर्ष उमेर भित्रका रहेको उनले बताए ।

नयाँ बिरामी थपिएपछि राख्ने ठाउँ अभाव भएको छ । ‘निको हुने अवस्थामा रहेकालाई डिस्चार्ज गर्ने र समस्या बढी भएकालाई भर्ना गर्ने गछौँ’ उनले भने । गम्भिर समस्या देखिएकालाई भने अस्पतालले रिफर गर्ने गरेको छ ।
अस्पताल सँग पर्याप्त ठाउँ नहुँदा आइशोलेसन बेड थप्न समस्या रहेको उनले बताए । अहिले अस्पताल पुन निर्माणको चरणमा छ ।

पुन निर्माण नसकिएको, नयाँ भबन प्रयोगमा ल्याउन पानी, शौचालय लगायतका काम बाँकी रहेकाले समस्या भएको अस्पतालले जनाएको छ । अस्पतालको आकस्मिक सेवा, आइशोलेसन संचालन स्वास्थ्यकर्मीको आबासका लागि बनाइएको भबनबाट दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्