
गोरखाका तीन सय २८ जनाको पिसिआर रिपोर्ट आउन बाँकी
गोरखाका अझै तीन सय २८ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ । मंगलवार संकलन गरिएको ८६ जना सहित तीन सय २८ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मंगलवार गण्डकी गाउँपालिकामा नौ जना, आरुघाट गाउँपालिकामा १५ जना, शहिदलखन गाउँपालिकामा २८ जना र भिमसेन थापा गाउँपालिकामा ३४ जनाको स्वाब संकलन गरिएको छ । स्वाब संकलन गरेर परीक्षण गर्न प्रदेश प्रयोगशाला पोखरा पठाईन्छ । दुई देखि तीन दिन भित्र रिपोर्ट आउने गरेको छ ।




