| आइतवार, कार्तिक २२, २०८३

मंगलवार १४ थपिए, गोरखामा कोरोना संक्रमितको संख्या १४६ पुग्यो

मंगलवार पालुङटार नगरपालिकाका १३ र सिरानचोक गाउँपालिकामा एक जना गरी १४ जना कोरोना संक्रमित थपिएका छन् ।

यस सँगै गोरखामा कोरोना संक्रमितको संख्या एक सय ४६ पुगेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।
थपिएकाहरु सिरानचोक गाउँपालिका वडा नम्बर ३, पालुङटार नगरपालिका १, २, ३ र ५ का छन् । मंगलवार थपिएका ८ जना महिला र ६ जना पुरुष रहेका छन् । ६ देखि ५८ वर्ष उमेरका मानिसलाई संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्