
निषेधाज्ञाले गोरखा जिल्ला अदालतको सेवा प्रभावित
कोरोना संक्रमणको दर बढेसँगै गोरखा जिल्ला अदालतको सेवा पनि प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालयले गोरखा, पालुङटार नगरपालिका सहित केही गाउँपालिकामा निषेधाज्ञा गरेसँगै अदालतको सेवा पनि प्रभावित भएको श्रेस्तेदार गोकणर्राज पन्तले बताए ।
मंगलवार जिल्ला अदालतले सुचना जारी गर्दै नयाँ मुद्धा दर्ता, पुराना मुद्धाको पेसीको काम तत्काल गर्न नसक्ने जनाएको छ । अदालतले यो अवधीमा म्याद नग्रज्रिने, तारिख सर्ने भएकाले तत्कालको लागि बैशाख ३१ पछि मात्रै मुद्धाका पक्षधरलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । नेपाल सरकारको तर्फबाट पेश हुन आएका अभियोगपत्र र थुनथेकको काम गर्ने, बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाई हुने श्रेस्तेदार पन्तले बताए ।
म्यादथप तथा पक्राउपुर्जीका लागि अनुमती दिने बाहेकका काम तत्कालका लागि रोक्ने निणर्य अदालतले गरेको छ । सर्वोच्च अदालतको निर्देशन र जिल्लाको अवस्था अनुसार सेवा संकुचनको निणर्य गरिएको श्रेस्तेदार पन्तले बताए । मंगलवार बार, बेन्च र सरकारी वकील बीचको बैठकले अदालतको सेवा संकुचनको निणर्य गरेको हो । आवश्यकताका आधारमा पुन बैठक बसेर थप निणर्य गर्न सकिने श्रेस्तेदार पन्तले बताए ।




