
गोरखामा कोरोना संक्रमितको संख्या एक सय ३२ पुग्यो
सोमवार ३० जना थपिएसँगै गोरखामा कोरोना संक्रमितको संख्या एक सय ३२ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
शहिदलखन गाउँपालिका वडा नम्बर ८ मा सात जना, ९ को छ जना र वडा नम्बर ६ मा एक जना संक्रमित सोमवार थपिएका हुन् ।
यस्तै भिमसेन थापा गाउँपालिका २ मा एक जना, आरुघाट गाउँपालिका वडा नम्बर ८ को पाँच जनामा सोमवार संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।
गत बैशाख १० गतेदेखि सुरु भएको दोस्रो चरणको पिसिआर परीक्षणका क्रममा यो संख्या थप भएको हो ।
गोरखा नगरपालिका, पालुङटार नगरपालिका, गण्डकी गाउँपालिकामा कोरोना संक्रमित देखिएका छन् । सोमवार धार्चे गाउँपालिका, आरुघाट गाउँपालिकामा पनि स्वाब संकलन गरिएको छ । आईतवार गोरखा नगरपालिकाले स्वाब संकलन गरेका ९१ जना सहितको पिसिआर रिपोट आएको छैन ।




