
हाम्रो सहारा फाउण्डेशनद्वारा विद्यार्थीहरुलाई पोशाक वितरण
विभिन्न सामाजिक काम गरिरहेको गोरखाको हाम्रो सहारा फाउण्डेशनले विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ ।
केहीदिनअघि गोरखा नगरपालिका ४ पिपलथोकको जलकन्या आधारभूत विद्यालय र बज्रभैरव आधारभूत विद्यालयमा पुगेर पोशाक सहयोग गरिएको फाउण्डेशनकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिइन् । विद्यार्थीहरुलाई स्कूल ट्रयाकसुट र जुत्ता वितरण गरिएको उनले जानकारी दिइन् ।





