| सोमवार, कार्तिक २३, २०८३

बुङ्कोटको मैलुङमा घरघरै रुघाखोकी र ज्वारोका बिरामी


कोभिडका ६२ जना संक्रमित भेटिएको क्यामुण्टारको साँधमा रहेको शहीदलखन गाउँपालिका वडा नं. ८ मैलुङ गाउँमा पनि घरघरमा ज्वारोका बिरामी छन् ।

बिगत तीनदिनदेखि सो गाउँमा रुघाखोकी र ज्वारोका बिरामी भेटिएका वडाअध्यक्ष काशिनाथ अम्गाईले जानकारी दिए ।


‘हामीले आज हेल्थक्याम्प राखेर बिरामी चेकजाँच गर्दा ३५ जना बिरामीको उपचार ग¥यौँ । जसमध्य नौजनाको अक्सिजन लेभल घटेको पाइयो’, अध्यक्ष अम्गाईले भने, ‘उनीहरुको स्वाब परीक्षणका लागि पठाएका छौँ । उनीहरुको नतिजाको आधारमा अरुको पनि परीक्षण गरिनेछ ।’
गाउँलेलाई उच्च सावधानमा रहन आग्रह गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्