
धार्चे गाउँपालिकाद्धारा आगलागी पिडितलाई प्रतिधुरी ५० हजार बितरण
गोरखाको धार्चे गाउँपालिकाले आगलागीबाट पिडित भएकाहरुलाई राहत बितरण गरेको छ । प्रति घरधुरी ५० हजारका दरले चार घर परिवार अग्नि पिडितहरुलाई राहत बितरण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।
‘अरु घर पनि आगोलागी भएको छ’ उनले भने ‘रिपोर्ट आउन बाँकी छ, उहाँहरुलाई पनि हामीले राहत दिन्छौँ ।’
गाउँपालिकाको बिपद् ब्यवस्थापन कोषबाट राहत बितरण गरिएको उनले बताए । शुक्रवार राहत पाउनेहरुमा वडा नम्बर ४ का दुई परिवार, २ र ७ का एक एक परिवार रहेका छन् ।




