| सोमवार, कार्तिक २३, २०८३

कांग्रेस गोरखा नगर समितिद्धारा कोभिडबाट बच्न सचेतना

नेपाली कांग्रेस गोरखा नगर समितिले कोरोना भाईरसबाट बच्न, बचाउन भन्दै सचेतना कार्यक्रम संचालन गरेको छ ।

गोरखा नगरपालिका भित्रका सबै वडामा माईकिङ मार्फत कोरोनाबाट बच्न अनुरोध गर्दै चेतनाका सन्देश दिइएको नगर सभापति चन्दनबाबु खत्रीले बताए ।
‘पहिलो लहरमा पनि हामीले सचेतना गराएका थियौँ’ उनले भने ‘कोरोनाको महामारीबाट नागरिकलाई बचाउनु राजनीतिक पार्टीको पनि दायित्व हो, हामीले हाम्रो भुमिका निर्वाह गरेका हौँ ।’

साबुन पानीले हात धुन अनुरोध गर्ने, नियमित मास्क प्रयोग गर्न प्रेरित गर्ने, भौतिक दुरी कायम र सरकारले तोकेको मापदण्ड पुरा गर्न नगरबासीलाई माईकिङ मार्फत अनुरोध गरिएको उनले बताए ।
उक्त अभियान नगरपालिकाको हरेक वडामा संचालन हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्