| आइतवार, कार्तिक २२, २०८३

भीमसेन थापाको क्यामुन्टारमा एक सय ७५ जनाको स्वाब संकलन

गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ क्यामुन्टारमा बुधवार एकै दिन एक सय ७५ जनाको स्वाब संकलन गरिएको छ ।

मंगलवार एकै गाउँमा २९ जनालाई कोरोना संक्रमण भएपछि गाउँपालिकाले समुदाय स्तरमा पिसिआर जाँचका लागि स्वाब संकलन गरेको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले बताए ।
गत आईतवार अधिकासं स्थानीयलाई रुघाखोकी, ज्वरो आएपछि स्वास्थ्यकर्मी स्वास्थ्य जाँच गर्न पुगेका थिए । उक्त दिन भन्दा बुधवार स्थानीयको स्वास्थ्यमा केही सुधार भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्