
गोनपा १४ मा होमआइशोलेसनमा बसेका पुरुषद्वारा आत्महत्या
गोरखामा एक कोरोना सक्रमित पुरुषले होम आइशोलेसनमै आत्महत्या गरेका छन् । गोरखा नगरपालिका वडा नम्बर १४ याङकोटका ३६ वर्षिय शुब्बा उप्रेतीले कोठा भित्र सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
भारतमा कपडा उद्योगमा काम गर्दै आएका उप्रेती गत चैत २६ गते नेपाल आएका थिए । बैशाख १० गते उनलाई कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि होमआइशोलेसनमा बसेका उनले गएराती झुण्डिएर आत्महत्या गरेको अवस्थामा कोठा भित्र भेटिएको डिएसपी प्रकाश दाहालले बताए । पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि परिवारका अन्य सदस्यको पनि स्वाब परिक्षण गरिएको थियो । बाबु, आमा, भाई, श्रीमती र करिब डेढ वर्षका छोराको रिपोर्ट भने नेगेटिभ आएको थियो ।
परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ र आफ्नो मात्रै पोजेटिभ आएपछि उनी मानसिक तनाबमा परेको परिवारका सदस्यले बताएका छन् । कोरोना पुष्टि भएका कारण उनको शब पोष्टमार्टम नगरी ब्यवस्थापन गर्ने तयारी भएको डिएसपी दाहाले बताए । नेपाली सेनाले शब ब्यवस्थापन गर्ने तयारी गरिरहेको छ ।




