| सोमवार, कार्तिक २३, २०८३

खाद्यान्न र औषधीमा हुन सक्ने मूल्यवृद्धि नियन्त्रण गर्न जसपा गोरखाको ध्यानाकर्षण

कोरोना भाईरसको बढ्दो संक्रमणसँगै खाद्यान्न र औषधीमा हुन सक्ने मूल्यवृद्धि नियन्त्रण गर्न जनता समाजवादी पार्टी गोरखामा सरकारको ध्यानाकर्षण गराएको छ ।

जिल्ला सचिव बिपिनचन्द्र ढकालले मंगलवार एक बिज्ञप्ति जारी गर्दै दैनिक उपभोग्य तथा अत्यावश्यक खाद्य सामग्री, औषधी लगायत बस्तुमा मूल्य नियन्त्रण गरी सहज रुपमा उपलब्ध गराउन माग गरेको छ ।
‘निम्न बर्गीय परिवारलाई राहत प्याकेजको घोषणा गर्न पनि जसपाले सरकारसँग माग गरेको छ । लकडाउन/निषेधाज्ञा गरेर मात्र सरकारको जिम्मेवारी पूरा नहुने भन्दै सचेत हुन बिज्ञप्तिमार्फत भनिएको छ ।

स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालन गर्न र संयमित रही आवश्यक कामबाहेक घर बाहिर ननिस्कन जनता समाजवादी पार्टी गोरखाले सर्वसाधारणमा अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्