| सोमवार, कार्तिक २३, २०८३

पालुङटारका विद्यालयमा पठन पाठन बन्द, परीक्षा भने हुने

गोरखाको पालुङटार नगरपालिकाले विद्यालयको पठन पाठन बन्द गराएको छ ।

सोमवार सार्वजनीक सुचना जारी गर्दै नगर शिक्षा अधिकारी बाबुराम काराखेतीले अर्को सुचना नभए सम्मका लागि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा पठन पाठन बन्द गरिएको बताए ।
कोभिड १९ संकट ब्यवस्थाप केन्द्र काठमाण्डौँको निर्णय र पालुङटार नगरपालिकाको निर्णय अनुसार अध्ययन/अध्यापन बाहेक परीक्षा लगायत अन्य आन्तरिक कामका लागि भने विद्यालय प्रशासन भने खुल्ला रहने बताइएको छ । जनस्वास्थ्य संम्बन्धी नेपाल सरकारले तयार गरेको मापदण्डलाई कार्यन्वयन गर्न समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्