| आइतवार, कार्तिक २२, २०८३

एकै दिन एक सय १३ जनाको स्वाब संकलन

गोरखामा एकै दिन एक सय १३ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै पिसिआर जाँच गराउनेहरु बढेका छन् । आईतवार ६१ जना पुरुष र ५२ जना महिलाको पिसिआर संकलन भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।

गोरखा नगरपालिकामा १७ जना पुरुष, १५ जना महिला, पालुङटार नगरपालिकामा ३० जना पुरुष २३ जना महिला र भिमसेन थापा गाउँपालिकामा १४ महिला १४ पुरुषको स्वाब संकलन गरिएको छ । संकलन भएको स्वाब पोखरा स्थित ल्याबमा पठाएपछि मात्रै रिपोर्ट आउनेछ ।
कोरोनाको दोस्रो लहर सुरु भएपछि बैशाख १० गतेदेखि मात्रै गोरखाका पिसिआर परीक्षणका लागि स्वाब संकलन सुरु गरिएको थियो ।

त्यसयता दुई सय ७ जना पिसिआर जाँच गरिसकिएको कोरोना फोकल पर्सन अर्यालले बताए ।
गोरखा भन्दा बाहिर गएर कोरोना जाँच गराएका मध्ये १२ जनालाई पोजेटिभ देखिएको छ । ति मध्ये दुई जनाको मृत्यू भईसकेको छ । सात जना गोरखा भित्रै होम आइशोलेसनमा छन् भने अन्य बाहिर छन् । कन्ट्याक्ट ट्रेसिङमा परेका छ जना सहित गोरखामा अहिले संक्रिया कोरोना संक्रमितको संख्या आईतवार सम्म १३ रहेको छ ।
अहिले जिल्लाभर ८६ वेड क्वारेन्टाईन तुरुन्त तयार गर्न सकिने अवस्थामा रहेको छ । आइसोलेशन बेड भने ५२ वटा तयार गर्नसकिने स्थानीय तहले बताएका छन् ।

अहिले गोरखा अस्पतालमा सात वेड भने तयार छ ।
सरकारले अस्पताल नभएको ठाउँमा संञ्चालन गर्न भनेको कोभिड अस्पताल गोरखाको आरुघाट, भिमसेन, शहिदलखन, अजिरकोट र धार्चे गाउँपालिकामा मात्रै छ । अन्य गाउँपालिकाले कोभिड अस्पताल सुरु गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्