
आँबुखैरेनीबाट सात जना जुवाडे पक्राउ
तनहुँको आँबुखैरेनी गाउँपालिका ३ बाट सात जना जुवाडे पक्राउ परेका छन् । मानबहादुर श्रेष्ठको घरमा तास खेलिरहेका सात जनालाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएका प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक बिकास थापाले बताए ।
जुवा खेलिरहेकाहरुको खालबाट एक लाख ११ हजार चार सय ४० रुपैयाँ नगद र १३ बुक तास बरामद गरिएको उनले बताए छ । पक्राउ परेका बिरुद्ध जुवातास संम्बन्धि कसुर अन्र्तगत मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




