| आइतवार, कार्तिक २२, २०८३

गोरखाका ९० प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न

दरौँदी : २०७२ सालको भूकम्पको केन्द्रविन्दू गोरखामा छ बर्षको अवधिमा ९० प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पबाट पूर्ण क्षति भएका ६७ हजार ८१ घरधुरीमध्य ६० हजार पाँचसय ५२ घरधुरी पुनर्निर्माण सम्पन्न भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख रामशरण आचार्यले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै प्रगति बारपाक सुलीकोट गाउँपालिकाले गरेको छ ।

सो पालिकाका ९६ प्रतिशत निजी आवास पुननिर्माण सम्पन्न भएका हुन् । भूकम्पको केन्द्रविन्दू बारपाक सुलीकोटका सातहजार ८७ लाभग्राहीमध्य छहजार आठसय दुई जना लाभग्राहीले घर निर्माण सम्पन्न गरेका छन् । त्यस्तै सिरानचोक गाउँपालिकाले ९५ र अजिरकोट गाउँपालिकाले पनि ९५ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न गरेका छन् । गोरखा नगरपालिकाले ९३ प्रतिशत, आरुघाट गाउँपालिकाले ९१ प्रतिशत, धार्चे गाउँपालिकाले ९१ प्रतिशत, पालुङटार नगरपालिकाले ९० र शहीद लखन गाउँपालिकाले पनि ९० प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न गरेका छन् ।

त्यस्तै भीमसेनथापा गाउँपालिक ाको ९४ प्रतिशत, चुमनुब्री गाउँपालिकाको ८३ प्रतिशत र गण्डकी गाउँपालिकाले सबैभन्दा थोरै ८२ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्