
स्वास्थ्यकर्मी संघ धार्चेको अधिवेशन, अध्यक्षमा अमृत घले
नेपाल स्वास्थ्यकर्मी संघ धार्चेको प्रथम अधिवेशन शनिवार भएको छ । अधिवेशनले अमृतबहादुर घलेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
ट्रेड युनियन कांग्रेस आवद्ध नेपाल स्वास्थ्यकर्मी संघको पालिका स्तरीय प्रथम अधिवेशनबाट उपाध्यक्षमा चन्द्रबहादुर गुरुङ, महिला उपाध्यक्ष यामकुमारी गुरुङ, सचिव केशबराज गुरुङ चयन भएका छन् । सल्हाकार सदस्य डिलप्रसाद गुरुङ सहित १७ सदस्यिय समिति गठन भएको सचिव केशबराज गुरुङले जानकारी दिए ।
धार्चे गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङको प्रमुख आथित्यतामा भएको कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष राज गुरुङ, ५ का तुलबहादुर गुरुङ, नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रिय सदस्य सुरेश दवाडी, ट्रेड युनियन कांग्रेस गोरखाका अध्यक्ष शरद श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।




