| आइतवार, कार्तिक २२, २०८३

प्रसनि विकास सिलवाल ‘पुलिस अफ द मन्थ’

जिल्ला प्रहरी कार्यालय गोरखाले चैत महिनाको पुलिस अफ द मन्थ घोषणा गरेको छ । अस्थायी प्रहरी चौकी च्याङ्ली, बिरुवाटारका इञ्चार्ज प्रसनि बिकास सिलवाललाई पुलिस अफ द मन्थ घोषणा गरेको हो ।


फरार अभियुक्त पक्राउ तथा अवैध रुपमा दोहन भएका नदीजन्य पदार्थ नियन्त्रण गरी कानुनी दायरामा ल्याउने जस्ता कार्य गरेको हुनाले सिलवाललाई पुलिस अफ द मन्थ घोषणा गरिएको जिप्रका गोरखाले सूचना जारी गरी जनाएको छ ।


आफ्नो तोकिएको जिम्मेवारी इमान्दारी रुपले उत्कृष्ट ढंगबाट सम्पादन गरेको हुदाँ उनलाई चैत महिनाको ‘पुलिस अफ द मन्थ’ घोषण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी धर्म अधिकारीले जानकारी दिए । सिलवाललाई शुक्रबार एक समारोहका बीच नगद तथा सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्