| आइतवार, कार्तिक २२, २०८३

देउराली एङ्कोटका एउटै परिबारका चारसहित पाँच जनामा कोरोना पुष्टि


कोरोनाको दोस्रो लहर फैलिन थालेपछि शुक्रबार गोरखा नगरपालिकाका पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण एक जनाको मृत्यू भएपछिको कन्ट्याक ट्रेसिङमा गोरखा नगरपालिका १४ एङ्कोटका एकै परिवारका चार जनासहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


गत मंगलबार स्थानीय ५५ बर्षका पुरुष उपचारको क्रममा मृत्यू भएपछि त्यहाँ कन्ट्याक ट्रेसिङ गरिएको थियो । जसमा मृतकका परिवारका १२ वर्षका पुरुष र १७, २९ र ६५ वर्षका महिलामा संक्रमण पुष्टि भएको गोरखा नगरपालिका स्वास्थ्य शाखाका निश्चल अर्यालले जानकारी दिए ।


यसअघि भारतबाट फर्केका सोही वडाका ३६ वर्षका अर्का पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
उनी सहित भारतबाट फर्केका ३ जनाको स्वाब परीक्षण गरिएको थियो । यो सहित जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्