| आइतवार, कार्तिक २२, २०८३

धावा चौतारामा पहिलो पटक व्यवसायिक आलुखेती

भीमसेन थापा ४ चौतारामा पहिलो पटक व्यवसायिक रुपमा आलु खेती गरिएको छ । सिद्धकाली कृषि, पशु, फलफूल तथा माछा समूहले संस्थागत रुपमा आलु खेती गरेको हो ।
पहिलो बर्ष यसपटक दुईहजार किलोग्राम आलु उत्पादन गरेको कृषि समूहका अध्यक्ष विजयराज सापकोटाले जानकारी दिए ।

भीमसेनथापा गाउँपालिकामा नै पहिलो पटक दर्ता भएको सो कृषि समूहले अर्चले र कालामाटा टोलको ३४ रोपनी क्षेत्रफलमा आलुको व्यवसायिक खेती आरम्भ गरेको हो ।
उत्पादित आलुमध्य एकसय तीनकिलोग्राम आलु अर्को सिजनमा बिउ लगाउनका लागि र ७९ किलोग्राम आलु तरकारी प्रयोगका लागि चितवनको प्रधान कोल्ड स्टोरमा राखिएको उनले बताए । बाँकी आलु गाउँघरमै बिक्री वितरण भइसकेको उनले बताए ।

कृषि समूहका ११ जना किसानले व्यवसायिक आलु खेती गरेका हुन् ।
कृषि ज्ञानकेन्द्र गोरखाबाट एकलाख ५० हजार रुपैयाँ अनुदान र समूहको तीनलाख रुपैयाँको लागतमा टिपिएस जातको आलु खेती गरिएको अध्यक्ष सापकोटाले जानकारी दिए ।
यसअघि बजारबाट किनेर मात्र खाने प्रचलन रहेकोमा पहिलो पटक गाउँमै ठूलो परिमाणमा उत्पादन भएपछि उपभोक्ताहरु पनि खुशी भएका अध्यक्ष सापकोटाले जानकारी दिए ।
आगामि दिनमा पनि आलु लगायत सिजन अनुसारका विभिन्न तरकारी खेती गर्दै जाने कृषि समूहले लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्