
कोभिड रोकथामका लागि डिसिसिएमसी सक्रिय
दोस्रो चरणको कोरोनाको लहर सक्रिय भएपछि जिल्लास्तरमा गठित कोभिड १९ विपद व्यवस्थापन समिति(डिसिसिएमसी) पनि सक्रिय भएको छ । समितिको मंगलबारको बैठकले कोभिड रोकथामका लागि विभिन्न निर्णय गरेको छ ।
बैठकले स्थानीय सरकारले १५ बेडसम्म क्षमताका सरकारी, सामुदायिक, नीजि वा संस्थागत अस्पतालसँग कोभिड १९ को उपचारका लागि सम्झौता गर्नुपर्ने र उपचारखर्च सोधभर्नाका लागि स्वास्थ्य मन्त्रालयमा सिफारिस गरी पठाउनु पर्ने निर्णय गरेको छ ।
स्थानीय सरकारले कोभिड १९ को लक्षण वा संकेत देखिएकाको एण्टिजेन तथा पिसिआर संकलन, परीक्षण, कन्ट्याटूेसिङ गर्नुपर्ने, कोभिडका कारण मृत्यू भएकाको आफ्नो संस्का, संस्कृतिअनुसार २५ जनाभन्दा कमको उपस्थितिमा अन्त्येष्टिको प्रवन्ध गर्न र आवश्यक परे नेपाली सेनासँग समन्वय गर्ने वातावरण मिलाउनु पर्ने पनि निर्णय भएको छ ।
बैठकले सार्वजनिक यातायातका सञ्चालक, होटल तथा रेष्टुरेण्ट सञ्चालक, स्थानीय सरकार, टोल सुधार तथा उपभोक्ता समिति र जिल्लाबासीहरुलाई विभिन्न कर्तव्य निर्वाह गर्न आव्हान गरेको छ ।
बैठकले सवारी साधनमा मास्क अनिबार्य लगाउनु पर्ने, सिट क्षमताभन्दा बढि यात्रु राख्न नपाइने, सवारीसाधनलाई दैनिक रुपमा निसंक्रमित गर्नुपर्ने, लामो दुरीका सवारी साधनले बीचमा यात्रु चढाउनु परे विस्तृत विवरण राख्नु पर्ने लगायतका नियम अनिबार्य रुपमा पालना गर्नुपर्ने निर्णय गरेको छ ।
त्यस्तै होटल, रेष्टुरेण्ट पनि बिहान आठबजेदेखि साँझ आठबजेसम्म मात्र सञ्चालन गर्न पाइने, सो समय अघि वा पछि सेवा दिनुपरे टेक अवे र होमडेलिभरी सेवा दिनुपर्ने, होटल, रेस्टुरेण्टलाई दैनिक निसंक्रमित गर्नुपर्ने, मास्क नलगाई होटल, रेस्टुरेण्टभित्र प्रवेश गर्न नपाइने लगायतका निर्णय डिसिसिएमसीको बैठकले गरेको छ ।
यस्तै टोल विकास संस्था वा उपभोक्ता समितिले शंकास्पद व्यक्ति, क्वारेण्टाइन वा आइसोलेशनमा बसेको व्यक्ति जथाभावी हिडडुल गरेको भए स्थानीय तहलाई खबर गर्नुपर्ने, कोरोना सम्बन्धी विभिन्न झुठा खबर वा अफबाह नफैलाउन, स्वास्थ्य मापदण्ड पालना गर्न प्रेरित गर्नुपर्ने, कोभिडविरुद्धको अभियानमा सक्रियता पूर्वक लाग्न अनुरोध गर्ने निर्णय गरेको छ ।
डिसिसिएमसीको बैठकले घर तथा सार्वजनिक स्थलमा जथाभावी नथुक्न र लगाएको मास्क पाँच दिनपछि मात्र बिसर्जन गर्न जिल्लाबासीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
कन्ट्याकटूेसिङमा परेका व्यक्तिहरुको पिसिआर रिपोर्ट नेगेटिभ आए पनि १० दिनसम्म होमक्वारेण्टाइनमा बस्नुपर्ने, पिसिआर परीक्षणका लागि पठाएपछि नतिजा नआउञ्जेल सम्म घरबाहिर निस्कन नपाइने, जिल्लाभित्रिने नाकाहरुमा हेल्थडेस्क राख्नुपर्ने लगायतका निर्णय गरेको छ ।




