| आइतवार, कार्तिक २२, २०८३

पृथ्वी नारायण सामुदायीक अस्पतालमा कार्यरत डाक्टर द्वारा स्वास्थ्य सामाग्री वितरण

गोरखा छेवेटारमा स्थित पृथ्वी नारायण सामुदायीक अस्पतालमा कार्यरत डा. रन्जित कुमार महराले विद्यालयलाई स्वास्थ्य सामाग्री वितरण गरेका छन् । गोरखा नपा १० स्थित तारा माध्यमिक विद्यालयका विद्यार्थीलाई कोभिड -१९ बाट सुरक्षित रहनका लागी आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेको उनले बताए ।


बढ्दै गरेको कोभिड-१९ लाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई सुरक्षित पठनपाठन गराउनका लागी मास्क, स्यानिटाइजर र प्राथमिक उपचारका सामाग्रीहरु हस्तान्तरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम थापाले जानकारी दिए ।


सोही कार्यक्रममा सामुदायीक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सिताराम थापाले विद्यालयमा अध्ययनरत विद्यार्थी र विद्यालय परिवारलाई उपचारमा ३० प्रतिशत छुटको व्यवस्था रहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्