| आइतवार, कार्तिक २२, २०८३

गोरखा नगरपालिकाका ८७ जनालाई सरसफाइ नायक घोषणा


गोरखा नगरपालिकाका ८७ जना विद्यार्थी तथा शिक्षकलाई शुक्रबार एक कार्यक्रमका बीच सरसफाइ नायक घोषणा गरिएको छ । जिल्ला समन्वय समितिमा आयोजित एक समारोहमा नगरपालिकाका १७ माध्यमिक विद्यालयका चार, चार जना विद्यार्थी र एकेक जना शिक्षक र दुईजना नर्सलाई सरसफाइ नायक घोषणा गरिएको हो ।


सो कार्यक्रममा सारथी फाउण्डेशनका अध्यक्ष ध्रुव देवकोटाले १७ वटा माविका शिक्षक, विद्यार्थीहरुलाई आफ्नो विद्यालय न्यून खर्चमा कसरी स्वच्छ, सफा र हराभरा बनाउन सकिन्छ भन्ने बारेमा जानकारी गराएका थिए ।


सारथी फाउण्डेशनले आगामि दिनमा १७ वटै विद्यालयमा गएर स्वास्थ्य तथा सरसफाइ सम्बन्धी गोष्ठी सञ्चालन गरेर अभियान सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

सो कार्यक्रममा जीवनमा कसरी सफलता हाँसिल गर्न सकिन्छ भन्ने बारेमा पनि प्रस्तुतीकरण गरिएको थियो ।


सो अवसरमा जिल्ला समन्वय समितिकी उपप्रमुख जनुका अधिकारी र नगरपालिकाका शिक्षा शाखाका प्रमुख लगायतले मन्तव्य व्यक्त गरेका थिए


प्रतिक्रिया दिनुहोस्