
बलात्कार गर्न खोजेको आरोपमा एक युवा पक्राउ
बलत्कार गर्न खोजेको आरोपमा मुच्चोकका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । ५३ बर्षकी एकल महिलालाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा अजीरकोट ५ मुच्चोकका २१ बर्षका गोविन्द गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत शुक्रबार राती साँढे आठ बजे आफूमाथि जबर्जस्ती करणी गर्न खोजेको भन्ने पिडित महिलाको उजुरीको आधारमा गुरुङलाई पक्राउ गरिएको डिएसपी प्रकाश दाहालले जानकारी दिए । उनीविरुद्ध जबर्जस्ती करणीको उद्योगमा मुद्धा दर्ता गरी म्याद थपेर अनुसन्धान कार्य सुरु गरिएको डिएसपी दाहालले बताए।




