| सोमवार, कार्तिक २३, २०८३

ट्याक्टरबाट खसेर एक बालकको मृत्यु

गोरखामा ट्याक्टरबाट खसेर र एक स्कुले बालकको ज्यान गएको छ । सरस्वती आधारभुत विद्यालयको कक्षा ७ मा अध्यनरत १३ वर्षका बालक विवश ढकालको शहिदलखन गाउँपालिका वडा नं ९ छेलाङे चोक नजिकैे आज बिहानकोेे कक्षा पढेर फर्कने क्रममा ज्यान गएको हो ।


घैरूङबाट नाम्जुङतर्फ आईरहेको ग १ त ४५८२ नं को ट्याक्टरमा बिहानको कक्षा सकेर घर फर्कने क्रममा ट्याक्टरबाट खसेर ज्यान गएकोे बिधालयका प्रधानाध्यापकले जानकारी दिए ।
घटनाको थप अनुसन्धानको लागि बुङकोट प्रहरीले चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्