| आइतवार, कार्तिक २२, २०८३

गोरखाका दुईसहित १२ जना नेपालीको शव आयो

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका गोरखाका दुईजनासहित देशका १२ जनाको शव आइतबार नेपाल ल्याइएको छ ।

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय सूर्य विश्वकर्मा र गोरखा नगरपालिका वडा नम्बर १२ का २७ वर्षीय मेघबहादुर कुँवरको शव आइतबार मलेसियाबाट ल्याइएको हो । उनीहरुको शव लिनका लागि पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई मृतकका आफन्तसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

आफ्नो निर्वाचन क्षेत्रका युवाको वैदेशिक रोजगारीका क्रममास् निधन भएपछि श्रद्धाञ्जली दिन र परिवारका सदस्यहरूलाई भेट्न भट्टराई विमानस्थल पुगेको भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले बताए । ‘कस्तो दुःखद अवस्था’, सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँशु थामिन्थ्यो र !’

प्रतिक्रिया दिनुहोस्