| सोमवार, कार्तिक २३, २०८३

बारपाकको जीप दुर्घटनाका मृतक र घाइतेको सनाखत

गोरखाको बारपाकमा भएको बोलेरो जीप दुर्घटनामा लम्जुङका एकै विद्यालयका दुई शिक्षकको मृत्यू भएको छ । सातजना शिक्षक घाइते भएका छन् ।


बारपाकबाट राङरुङतर्फ फर्कदै गरेको ना ५ च ३२९८ नम्बरको जीप दुर्घटना हुँदा दूधपोखरी गाउँपालिका २ बिचौरको बागिश्वरी माविका प्रधानाध्यापक ५५ बर्षका रामेश्वर न्यौपाने र शिक्षक ४५ बर्षका ठाकुर दवाडीको मृत्यू भएको प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।


शनिबार साँझ साँढे छ बजे राङरुङको भीरबाट करिब ६० मिटर तलको दरौँदी नदीमा खस्दा सोही विद्यालयका शिक्षकहरु ३० बर्षका विष्णु दवाडी, २८ बर्षका अनील मरहठ्ठा, १८ बर्षका अमृत दवाडी, २६ बर्षका विष्णु न्यौपाने, २९ बर्षका अमृत दवाडी, तनहूँको व्यास नगरपालिका १ दमौलीका ३६ बर्षका सुशील नराल र जीप चालक २० बर्षका सन्तोष तामाङ घाइते भएका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।


नराल दूधपोखरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख हुन् भने अन्य सातजना लम्जुङको वागिश्वरी माविका शिक्षकहरु हुन् ।
उनीहरुलाई स्थानीयबासी, प्रहरीको टोलीले उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्