| आइतवार, कार्तिक २२, २०८३

रोटरीले दियो बिद्यालयलाई स्वास्थ्य सामग्री

गोरखा ; रोटरी क्लब अफ गोरखाले जिल्लाका पाँच वटा बिद्यालयमा स्वास्थ्य सामग्री वितरण गरेको छ । शहिद लखन गाउँपालिका –८ को रामेश्वरी मावि , राम्चे पा्रवि र गोरखा नगरपालिकाको भुराजवृक्ष पा्रवि , रत्नराज्य मावि र सिरानचोक गाउँपालिका सुर्योदय माविलाई सेनिटाइजर , डिस्पेन्सर र साबुन वितरण गरिएको हो । प्रति बिद्यालय १५ लिटर सेनिटाइजर , लिटर डिस्पेन्सर र २०० वटा साबुन वितरण गरिएको क्लबका अध्यक्ष काशिनाथ अम्गाइले बताए ।

बिहिवार विद्यालयमा पुगेर एक कार्यक्रमका बिच स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको उनले जानकारि दिए । कोभिड–१९ को संक्रमणको जोखिमवाट शिक्षक तथा विद्यार्थीलाई सुरक्षित राख्ने उदेश्यका साथ स्वास्थ्य सामग्री वितरण गरिएको उनको भनाई छ । आगामी दिनहरु मा पनी यस्ता कार्यक्रमलाई निरन्तरता दिने क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्