
गण्डकी प्रदेशको ‘एक घर एक धारा कार्यक्रम’ असार यता गोरखा र लमजुङमा ११ हजार धारा
गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘एक घर एक धारा’ अभियान अन्तर्गत हालसम्म गोरखामा १६ हजार ५१ वटा धारा निर्माण गरेको छ । यी मध्ये सात हजार छ सय १३ वटा धारा भने गत साउन देखि फागुन सम्म निर्माण भएका हुन् ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाले साउन यता लमजुङ जिल्लामा तीन हजार छ सय ६४ वटा धारा निर्माण गरेको जनाएको छ ।
‘धारा निर्माण धु्रत गतिमा अघि बढेको छ’ डिभिजन प्रमुख तुल्सी बस्नेतले भने ‘असार यता दुई जिल्लामा गरी ११ हजार दुई सय ७७ धारा बनिसक्यो ।’ चालु वर्ष भित्र गोरखा तर्फ १३ हजार र लमजुङमा पाँच हजार दुई सय धारा निर्माणगर्ने लक्ष्य रहेको उनले बताए ।
प्रदेश मातहातका खानेपानी डिभिजन मध्ये गोरखा स्थित कार्यालयले दोस्रो चौमासिकमा सबैभन्दा धेरै बित्तिय प्रगती गर्ने कार्यालय बनेको छ । ‘हामीले ७३ प्रतिशत बित्तिय प्रगती गरेका छौँ’ डिभिजन प्रमुख बस्नेतले भने ।
चालु तर्फ ४६ र पुँजीगत तर्फ ७४ प्रतिशत प्रगती भएको उनले बताए ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले गोरखा र लमजुङ तर्फ साना ठुला गरी दुई सय ९२ वटा योजना संचालन गरिरहेको छ । ‘अहिले सम्म २५ वटा सम्पन्न भईसक्यो, १० वटा अन्तिम चरणमा छ’ उनले भने । प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियान अन्र्तग अहिले संचालन भएका सबै योजना हरेक घरमा धारा पु¥याउने गरी निर्माण भईरहेको उनले बताए ।
उत्तरी गोरखाको तिब्बत सँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिकामा पनि बृहत खानेपानी आयोजना संचालन भएको छ ।
‘उक्त आयोजना बनेपछि त्यहाँ पनि घरघरै धारा पुग्छ’ डिभिजन प्रमुख बस्नेतले भने ‘बिकट भुगोलका कारण त्यहाँ आयोजना बनाउन सहज थिएन तर पनि अहिले काम भईरहेको छ ।’ उत्तरी दुर्गम भेग भएकाले खानेपानी आयोजनाका लागि चाहिने सिमेन्ट, रड, पाईप हेलिकप्टरबाट ढुवानी गर्नुपर्छ । अहिले संचालनमा रहेका कतिपय खानेपानी योजना पुरा गर्न बजेट अभाव भएको बताउँदै उनले भने ‘स्टमेट अनुसारको बजेट समयमै निकासा भएको खण्डमा हामीले काम छिटो गराउन सक्थ्यौँ ।’
गण्डकी प्रदेश सरकारले हरेक घरमा पानी सहितको धारा पु¥याउन गुरुयोजना बनाउँदैछ । कुन घरमा खानेपानी पुगेको छ छैन ? स्रोतको अवस्था, खानेपानीको अवस्थाको बिस्तृत बिवरण सहितको गुरुयोजना निर्माणको चरणमा रहेको डिभिजन कार्यालयले जनाएको छ ।
‘गुरु योजनाले हरेक टोल बस्तीको अवस्था थाहा हुन्छ, त्यहाँ कसरी कार्यक्रम संचालन गर्ने भन्ने योजना बनाउन यो आवश्यक छ’ डिभिजन प्रमुख बस्नेतले भने ‘हामीले गुरुयोजनाको काम गरिरहेका छौँ ।’




