
भच्चेकबाट छ जना जुवाडे पक्राउ
गोरखाको अजिरकोट गाउँपालिका ३ भच्चेकबाट कौडा (जुवा) खेलिरेहका छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भिमराज गुरुङको घरमा कौडा खेलीरहेका अजिरकोट गाउँपालिका वडा नं. ३ का सुगम गुरुङ, अमिर गुरुङ, सोम बहादुर गुरुङ, बिकास गुरुङ तथा सिरानचोक गाउँपालिका वडा नं ५ का ठाकुर बयलकोटी र प्रकाश पोखरेललाई पक्राउ गरिएको डिएसपी प्रकाश दाहालले बताए ।
उनीहरुको साथबाट नौ हजार पाँच सय ९० रुपैयाँ नगद सहित १६ थान कौडा बरामद गरिएको छ । पक्राउ परेकालाई जुवा सम्बन्धि कसूर मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट म्याद थप गरेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




