
सालको काठ ओसार्दै गरेको ट्याक्टर पालुङटारबाट नियन्त्रणमा
अवैध रुपमा ओसारपसार भइरहेको सालको काठ पालुङटारबाट प्रहरीले बरामद गरेको छ । पालुङटार नगरपालिका–१० जोगीडिही स्थित पालुङगैरा सामुदायिक वन क्षेत्रबाट १० थान सालको गोलिया र २ थान चिलाउने जातको गोलिया काठ बरामद गरिएको डिएसपी प्रकाश दाहालले बताए ।
ना ६ त ५८६३ नम्वरको ट्याक्टर सहित काठ ओसारपसारमा संलग्न चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पालुङटार –१० जोगिडिहीका अनिल लामा, सोनम लामा सुनिल लामा र ट्याक्टर चालक सिरानचोक गाउँपालिका–४ का सुजन सुनार रहेका छन् । नियन्त्रणमा लिइएको काठ, सवारी साधन र मानिसलाई कारवाहीका लागी डिभिजन वन कार्यालय पठाइएको डिएसपी दाहालले बताए ।




