
बालिकालाई करणी प्रयास गरेको आरोपमा गोरखा सदरमुकामबाट ४० वर्षिय पुरुष पक्राउ
१४ बर्षीया बालिकालाई जवरजस्ती करणी उद्योग गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
गोरखा नगरपालिका–७ थर्पुका ४० बर्षीय भगवान खत्री पक्राउ परेको प्रहरीले जनाएको छ ।
आइतवार बिहान दुध लिन जादै गरेकी बालिकालाई जवरजस्ती करणीको प्रयास गरेको पीडितले बताएका डिएसपी प्रकाश दाहालले बताए ।
खत्रीलाई आइतवार नै पक्राउ गरी सोमवार जवरजस्ती करणी उद्योग अभियोगमा मुद्धा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको छ ।




