| आइतवार, कार्तिक २२, २०८३

अपाङ्ग महिलालाई घरमै नागरिकता प्रदान

अपाङ्गताका कारण जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकताको प्रमाणपत्र लिन नसकेकी एक महिलालाई घरमै पुगेर सो प्रमाणपत्र प्रदान गरिएको छ ।


गोरखा नगरपालिका वडा नं. १३ की पूणर् अपांग ४३ वर्षीय निर्मला खनाललाई जिल्ला प्रशासन कार्यालय गोरखाको टोलीले सोमबार साँझ घरमै पुगेर नागरिकता प्रमाणपत्र प्रदान गरेको हो ।


गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, उपप्रमुख बिनाकुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, प्रहरी प्रमुख शेखर खनाल साथै वडा अध्यक्ष हरि खनाल लगायत टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्