| आइतवार, कार्तिक २२, २०८३

नेकपा एमालेका जिल्ला नेता पोखरेलको निधन

नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का जिल्ला नेता शिशिर पोखरेलको निधन भएको छ । जिल्ला कमिटी सदस्य एवं बारपाक सुलिकोट गाउँपालिकाका संयोजक शिशिर पोखरेलको सोमबार चितवनमा निधन भएको हो ।


कलेजो सम्बन्धी समस्या उत्पन्न भएपछि लामो समयदेखि चितवनमा उपचाररत पोखरेलको चितवनमा नै निधन भएको जिल्ला कमिटी सचिव कृष्ण नेपालीले जानकारी दिए ।


बारपाक सुलीकोट गाउँपालिका ५ ताकुमाझ लाँकुरीबोट निबासी ४५ बर्षका पोखरेल मौरीले चिलेपछि बिगत तीन महिनादेखि बिरामी थिए ।
उनको सोमबार देवघाटमा अन्त्यष्टि गरिएको नेपालीले बताए ।

प्रतिक्रिया दिनुहोस्