| आइतवार, कार्तिक २२, २०८३

माओवादी केन्द्रद्वारा जनवर्गीय संगठनका इञ्चार्ज तोकियो

नेकपा माओवादी केन्द्र गोरखाले बिभिन्न जनबर्गीय संगठनहरुमा इन्चार्जको जिम्मेवारी तोकेको छ । पाटेचौरस्थित जिल्ला पार्टी कार्यालयमा शनिबार सम्पन्न जिल्ला कमिटीको बैठकले पार्टीको भातृ संगठनको इञ्चार्ज तोकेको हो ।

साथै सोही बैठकले जिल्लाका ११ वटै पालिकामा कार्यसमितिको बैठक तोक्ने निर्णय गरेको छ ।
बैठकले अनेरास्ववियूको इन्चार्जमा लोकप्रसाद बन्जरालाई तोकेको छ । त्यस्तै वुद्धिजीवि संगठनको इञ्चार्जमा जगन्नाथ खनाललाई चयन गरेको पार्टीका कार्यालय सचिव अकुर तिमिल्सिनाले जानकारी दिए । बैठकले किसान संगठन इन्चार्जमा कृष्ण धौराली, सूचना तथा सञ्चार क्षेत्रको इन्चार्जमा अकुर तिमल्सिना, अखिल नेपाल महिलासंंघ क्रान्तिकारीको इन्चार्जमा कमला नहर्की, शिक्षक संगठनको इन्चार्जमा ध्रुब भट्ट, शहिद तथा बेपत्ता संगठनको इन्चार्जमा बिष्णु भट्टलाई जिम्मेवारी दिएको छ ।
त्यस्तै बैठकले उद्योग वाणिज्य संगठनको इन्चार्जको जिम्मेवारी गोवर्धन श्रेष्ठलाई दिएको छ । वाइसिल इन्चार्जको जिम्मेवारी र निर्माण व्यवसाय तर्फको जिम्मेवारी भने कार्यालयले हेर्ने निर्णय भएको तिमिल्सिनाले बताए ।


बैठकले बिभिन्न ११ वटा जातीय मोर्चाको इन्चार्ज समेत तोकेको छ । जसअन्र्तगत दलित मोर्चाको इन्चार्जमा दिलबहादुर सेन्चुरी, तमु मोर्चाको इन्चार्जमा धना तमु, दराई तथा कुमाल मेर्चाको इन्चार्जमा रामचन्द्र सेडाई, चेपाङ मेर्चाको इन्चार्जमा कृष्ण चेपाङ, नेवा मेर्चाको इन्चार्जमा गोर्वधन श्रेष्ठ, तामाङ मोर्चाको इन्चार्जमा धना तमु, भुजेल मोर्चाको इन्चार्जमा दीपक देवकोटा तथा भोटे लामा मोर्चाको इन्चार्जको जिम्मेवारी निमा लामालाई दिने निर्णय गरेको छ ।
बैठकले जिल्ला भित्रका ११ वटै स्थानीय तहमा गाउँपार्टी कमिटिको बैठक तत्काल सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्