| सोमवार, कार्तिक २३, २०८३

अति विपन्न दुई परिबारलाई सांसद दवाडीद्वारा सहयोग


गोरखाबाट विजयी गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले अति गरिब दुई परिबारलाई नगद तथा राहत सामग्री प्रदान गरेका छन् ।


आर्थिक अभावका कारण स्वास्थ्य उपचार नपाएर मृत्यू भएका पालुङ्टार नगरपालिका ९ सिस्नेरीका शिवराम बिकको परिबारलाई किरिया खर्च तथा खान नपाउने अबस्थामा रहेका बारपाक सुलीकोट गाउँपालिका ३ गमबाङका एक परिबारलाई खाद्यान्न तथा स्टेशनरी सामग्री प्रदान गरेका हुन् ।


स्वर्गीय बिकको घरमै पुगेर शुक्रबार उनले किरियामा रहेका दुई छोराहरुलाई किरियाखर्च बापत सातहजार रुपैयाँ प्रदान गरेका नेविसंघका प्रवीण गुरुङले जानकारी दिए ।


त्यस्तै शनिबार गमबाङ पुगेका सांसद दवाडीले खानलाउन तथा बालबच्चा पढाउन धौ धौ भएका स्थानीय आइतबीर गुरुङको परिबारलाई चामल, दाल, नून, तेल, चियापत्ति, चिनी, कापी कलम लगायतका सामग्री प्रदान गरेका दवाडीसंगै सो गाउँमा पुगेका प्रवीण गुरुङले बताए ।


त्यस्तै दवाडीले बारपाक सुलिकोट गाउँपालिका ३ गममाङ बस्तीमा सामाजिक काममा प्रयोग गर्न २५ थान कुर्चीसमेत प्रदान गरेका छन् ।


सांसद दवाडीले प्रदेशसभा सांसद भएवापत पाउने आफ्नो सम्पूर्ण सेवा र सुविधा आफ्नै निर्वाचन क्षेत्रमा समाजसेवामा खर्च गर्दै आएका छन् । उनले गोरखाका ग्रामीण भेगमा पुगेर त्यहाँका समस्या बुझ्दै समस्या परेकालाई सक्दो सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्