| आइतवार, कार्तिक २२, २०८३

आउँदो असार भित्र गोरखामा ३५ किलोमिटर पक्की सडक थपिँदै

गोरखामा आउँदो असार मसान्तभित्र ३५ किलोमिटर पक्की सडक थपिने भएको छ । ढुङ्गागाढे(बुङ्कोट १२ किलोमिटर र चोरकाटे( चित्रेपोखरीको १० किमि थप हुने पूर्वाधार बिकास कार्यालयले जनाएको छ । गोरखा फिनाम सडक खण्डको चार किलोमिटर सहित २६ किलोमिटर सडक प्राथमिकतामा परेको योजना हो ।


‘अन्य साना(साना योजनामा ढलान हुने, थोरै पक्की हुने गरी करिब ३५ किलोमिटर सडक असार अगाबै पक्की हुन्छ’ पूर्वाधार बिकास कार्यालयका प्रमुख दयाराम अधिकारीले भने । २५ किलोमिटर सडक भने ग्राबेल हुनेछ । जस अन्र्तगत ढोडेनी(अजिकोटको १४ किलोमिटर, रबर उद्योग-गोप्लिङ हुँदै पालुङ्टार नगरपालिका क्षेत्र जोड्ने आठ किलोमिटर गरी २२ किलोमिटर योजना अन्र्तगत नै ग्राबेल हुनेछ । बाँकी तीन/चार किलोमिटर साना योजनामा ग्राबेल हुने कार्यालय प्रमुख अधिकारीले बताए । प्रादेशिक सडक अन्र्तगत रुईला भञ्ज्याङ सडक निर्माण भईरहेको छ । यो क्रमागत योजना हो । प्रादेशिक ‘ख’ अन्र्तगत १४ योजना मध्ये चारवटा सम्पन्न भएको कार्यालय प्रमुख अधिकारीले बताए । ‘असार सम्म बाँकी पनि सकिन्छ’ उनले भने ।

प्रादेशिक सडक ‘ग’ अन्र्तगत २५ वटा असार भित्र सक्नुपर्नेमा १० वटा सकिएको र बाँकी चलिरहेको छ । अन्य तीनवटा सडक योजनामा एउटा सकिएको, एउटा निर्माणाधिन छ भने अर्को क्रमागत योजना रहेको कार्यालय प्रमुख अधिकारीले बताए । स्थानीय तह बारपाक सुलिकोट, धार्चे र गण्डकी गाउँपालिकाको केन्द्र जोड्ने तीनवटा सडक योजना क्रमागत रहेको र अहिले काम भइरहेको छ ।

चालु वर्षभित्र मर्मत गर्नुपर्ने २७ वटा सडक योजना मध्ये तीनवटा सकिएको र असारसम्म सबै सकिने कार्यालय प्रमुख दयाराम अधिकारीले बताए । ‘१० देखि १५ लाखका सामुदायिक भबन मर्मत सुधारको ११ वटा योजना सबै असारमा सक्छौँ’, उनले भने, ‘सहकारी बिकास तथा भबन र पार्क निर्माणका छ वटा योजनामा एउटा माात्रै सकिएको छ ।’

प्रतिक्रिया दिनुहोस्