
आँबुखैरेनीमा स्रष्टा सम्मान तथा कृति लोकार्पण
तनहुँको आँबुखैरनीमा शनिवार नेपाली साहित्यका स्रष्टाहरुलाई सम्मान तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष जस्तै आँबुखैरेनी स्रष्टा समाजले ‘आँबुखैरेनी बाङ्मय पुरस्कार’ मित्रलाल पंज्ञानीलाई प्रदान गरेको हो ।
नगद १० हजार सहित दोशल्ला र प्रमाण पत्रले पंज्ञानीलाई सम्मान गरिएको थियो ।
इन्द्रासन हाँस्यब्याङ्ग्य पुरस्कार नगद १० हजार सहित रमेश केसी मत्तारेलाई प्रदान गरिएको छ । इन्द्रमान परियारले वृद्धिमान परियार र पुतलिमाया परियारको स्मृतीमा अक्षयकोष स्थापन गर्न एक लाख १० हजार रुपैयाँ समाजलाई सहयोग गरेका थिए ।
स्रष्टा समाजले कृष्णदास चेतकुमारी मल्ल उत्कृष्ट स्वास्थ्य सेवा सम्मानबाट अमृत पण्डित र अगमराज उपाध्यायलाई सम्मान गरेको स्रष्ट समाजका अध्यक्ष अनिल श्रेष्ठले बताए । नगद पाँच/पाँच हजार रुपैयाँ सहित दुबैजनालाई सम्मान गरिएको हो । उक्त पुरस्कार आँबुखैरेनीका ब्यवशायी भगवानदास मल्लले आफ्ना बाबु, आमाको स्मृतीमा एक लाख रुपैयाँ सहयोग गरेर स्थापन समाजमा स्थापना गरेका हुन् ।
महेश कुमार श्रेष्ठ प्रतिभा पुरस्कार भने सपना गुरुङ र दिपिका थापा मगरलाई प्रदान गरिएको छ । उनीहरुलाई जनही दुई हजार पाँच सय सहित दोशल्ला ओढाएर प्रमाण पत्र प्रदान गरिएको थियो ।
सोही अवसरमा सानुकाजी थापाको ‘अनावरण’ कृति लोकापणर् गरिएको थियो । उक्त कृतिका लेखक थापा निवृत्त शिक्षक अँबुखैरेनीका स्थानीय हुन् ।
कृति माथि डाक्टर कृष्णराज अधिकारी र तेजविलास अधिकारीले टिप्पणी गरेका थिए ।
आँबुखैरेनी स्रष्टा समाजका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति प्राध्यापक डाक्टर जगदिशचन्द्र भण्डारी, आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिरबहादुर थापा, प्रध्यापक डाक्टर ताराकान्त पाण्डे, हाँस्य कलाकार अप्सरा अधिकारी लगायतले मन्तब्य राखेका थिए ।
२०७० सालमा आँबुखैरेनी स्रष्टा समाजको स्थापना गरेर २०७१ साल देखि आँबुखैरेनी बाङ्मय पुरस्कार प्रदान गर्न सुरु गरिएको समाजका अध्यक्ष अनिल श्रेष्ठले बताए । अहिले समाज सँग करिब छ लाख रुपैयाँ बरावरको अक्षयकोष रहेको छ । उक्त कोषबाट आएको वार्षिक ब्याजले बिभिन्न पुरस्कार बितरण गरिँदै आएको उनले बताए । कोरोनाको प्रभावका कारण २०७६ सालमा दिनुपर्ने पुरस्कार अहिले दिइएको हो ।
‘साहित्य र कलाको क्षेत्रमा आँबुखैरेनीलाई स्थापित गर्न र यहाँको पहिचान गराउने उद्देश्यले हामीले स्रष्टा समाज स्थापना गरेका हौँ’ अध्यक्ष श्रेष्ठले भने ।




