
गण्डकी गाउँपालिकामा खोमनाथ अधिकारीको अध्यक्षतामा उबासंघको इकाई गठन
गोरखाको गण्डकी गाउँपालिकामा गोरखा उद्योग बाणिज्य संघको इकाइ गठन गरिएको छ । शुक्रवार भएको ब्यवशायीहरुको भेलाले खोमनाथ अधिकारीको अध्यक्षतामा इकाई गठन भएको उद्योग बाणिज्य संघका सदस्य शरण श्रेष्ठले बताए ।
इकाईको बरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा, उपाध्यक्ष इशवर बिक, सचिव नारायण पन्त, कोषाध्यक्ष बिकास थापा र सह सचिवमा पुष्पकुमार गुरुङ चयन भएका छन् । सदस्यहरुमा सगुन पन्त, इन्द्रप्रसाद पन्त, हरिशरण श्रेष्ठ, शिब गुरुङ, भरतकुमार श्रेष्ठ, बिष्णु पौडेल, तोपबहादुर गुरुङ र नारायण श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा गोरखा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष होमबहादुर राना, उपाध्यक्ष ललिता अधिकारी, उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष श्रवणकुमार जोशी लगायतले मन्तब्य राखेका थिए ।




