
गोरखाका ब्यवशायी मास्के उध्योग तथा ब्यवशाय क्षेत्रको बिज्ञमा नियुक्त
गोरखा उद्योग बाणिज्य संघका उपाध्यक्ष समेत रहनुभएका गोरखाका ब्यवशायी भगबान बाबु मास्के उद्योग तथा ब्यवशाय क्षेत्र विषयगत समितिको बिज्ञमा नियुक्त भएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रतिष्ठानका प्रमुख बिमलेन्ध्र निधिले मास्केलाई बिरेन्द्र शाह संयोजक रहेका उक्त समितिमा बिज्ञको रुपमा नियुक्त गरेका हुन् । उद्योग तथा ब्यवशाय क्षेत्रको नीति निर्माणमा पार्टीलाई सहयोग पु¥याउने भुमिका आफ्नो रहने मास्केले बताए ।




