
जसपाले गोरखा नगरस्तरीय समितिको एकता टुङ्ग्यायो
राष्ट्रिय जनता पार्टी र समाजबादी पार्टी बिचको गोरखा नगरपालिका स्तरीय एकता प्रक्रिया बिहिवार सम्पन्न भएको छ ।
जिल्ला भित्रका सवै स्थानीय तहहरुमा समायोजना प्रक्रिया अघि बढाइएको दुई पार्टी बिच गोरखा नगरपालिकामा ७७ सदस्य समिति गठन गरिएको नगर अध्यक्ष उपेन्द्र देवकोटाले बताए ।
एकता भेलाले पूर्व समाजबादी पार्टीका अध्यक्ष समेत रहनु भएका देवकोटलाई एकतापछिको जसपाको अध्यक्षमा चयन गरिएको हो ।
एकता पछि गठित जनता समाजबादी पार्टी नगरपार्टी कमिटिको उपाध्यक्षमा कृष्ण अर्याल, सूर्य गुरुङ्ग, सचिव रामभक्त खनाल, सह सचिव सविता खत्री (कैनी) र कोषध्यक्षमा कर्ण बहादुर गुरुङ्गलाई चयन गरिएको जनाइएको छ ।
भेलाले २७ सदस्य नगर सचिवालय गठन गरेको नवगठित किमिटीका अध्यक्ष देवकोटाले जानकारी दिए । भेलालाई पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्र कुुमालले प्रशिक्षण गराएका थिए । भेलामा जसपा गोरखा जिल्ला अध्यक्ष नारायण खत्री, नगर अध्यक्ष उपेन्द्र देवकोटा, नगर सचिव राम भक्त खनाल लगायतले सम्बोधन गरेका थिए ।
जिल्लामा ११ स्थानीयतह मध्ये बारपाक सुलिकोट गाउँपालिमा मात्र एकता प्रक्रिया टुङ्ग्याउन बाँकी रहेको जसपा गोरखाले जनाएको छ ।




