
दुल्लभ माविमा ५० हजारको अक्षयकोष स्थापना
भिमसेन थापा गाँउपालिका वडा १ घ्याम्पेसालकोे दुल्लभ माविमा ५० हजारको अक्षयकोष स्थापना भएको छ ।
स्वर्गिय शिक्षक रामचन्द्र श्रेष्ठको स्मृतिमा उनको परिवारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर गुरुङ्गलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । हस्तान्तररण कार्यक्रममा श्रेष्ठकी पत्नि होमकुमारी श्रेष्ठ, छोराहरु त्रिचन्द्र श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, सुस्मिता श्रेष्ठ, सुजिना श्रेष्ठ, बुहारी अमुना श्रेष्ठको उपस्थिति रहेको विद्यालयका शिक्षक ढकनाथ बस्ताकोटीले बताए ।
अक्षयकोषको रकमबाट आउने व्याजले हरेक वर्ष आधारभुत तहको कक्षा ८ को वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई छात्रवृत्ति वितरण गरिनेछ । स्वर्गिय शिक्षक श्रेष्ठ २०४२ देखि २०६७ सालसम्म विद्यालयमा कार्यरत थिए । श्रेष्ठको गत बर्ष फागुनमा निधन भएको थियो ।




