
ब्याउने बेला भएको भैँसीलाई डढेलोले पोलेपछि किसान चिन्तित
गोरखाको बारपाक सुलिकोट गाउँपालिका ८ जराङका एक किसानको भैँसीलाई डढेलोले पोलेको छ । जंगलमा लागेको डढेलोबाट चरनमा लगेको भैँसीलाई पोलेको शंखे रम्तेलले बताए । भैँसीको शरीरको बिभिन्न भागमा पोलेको छ । ब्याउने बेला भएको भैँसी डढेलोले पोल्दा रम्तेल चिन्तित छन् । जथाभावि डढेलो लगाउँदा पछिल्लो समय पशु चौपाएमा पनि खतार बढेको छ ।




