| आइतवार, कार्तिक २२, २०८३

युवा तथा महिलाहरुको लागी शिपमुलक तालिम सुरु

गोरखा नगरपालिकाको आयोजना र सकारात्मक परिवर्तनको लागी अग्रसर संस्था आदर्श नेपालको सहयोगमा युवा तथा महिलाहरुको लागी शिपमुलक तालिम सुरु भएको छ ।


पोते, कृष्टल र मोतिको माला बनाउने २० दिने तालिम सुरु भएको गोरखा नगरपालिकाका शोभा दवाडीले बताईन । बुधबार एक कार्यक्रमका बिच तालिमको नगर प्रमुख राजनराज पन्तले उद्घाटन गरेका हुन् । तालिम पछि उत्पादित वस्तुहरु बजारमा बिक्री गर्न गोरखा नगरपालिकाले सहयोग गर्ने बताए ।


तालिममा २८ जना सहभागी रहने छन् । विहान १० बजेबाट बेलुका ४ बजेसम्म तालिम संचालन भएको छ । चैत ३० गतेसम्म चल्ने तालिमको प्रशिक्षण पुष्पा आलेले गर्नेछिन् । नगर उपप्रमुख बिनाकुमारी श्रेष्ठले महिलाहरुलाई स्वरोजगार बनाउन तालिम दिइएको बताईन ।

प्रतिक्रिया दिनुहोस्