| सोमवार, कार्तिक २३, २०८३

अधुरा घरमा छाना छाउँदै आबास पुन निर्माण परियोजना

भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आबास पुन निर्माण परियोजनाले बिपन्नी परिवारका ब्यक्तिहरुको घरको छाना छाउन थालेको छ । घर निर्माण भएको तीन वर्ष सम्म छाना छाउन बाँकी घरहरुको परियोजनाले छाना छाएको हो ।

घरधनीको घरमा स्थानीय डकर्मीलाई तालिम सहित छाना छाउने निर्माण सामग्रीे प्रदान गरिएको परियोजनाका सामाजिक विज्ञ घनश्याम खतिवडाले बताए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्र्तगतका डीएलपीआयु गोरखा संगको समन्वयमा परियोजनाले ४० घरमा छाना छाउने योजना बनाएको छ । अहिले सम्म नौ वटा घरको छाना छाइ सकिएको खतिवडाले बताए । गोरखा नगरपालिकामा छ र सिरानचोक गाँउपालिकामा तीन वटा घरको छाना छाइएको परियोजनाका जिल्ला इन्जिनियर विरेन्द्र श्रेष्ठले बताए । आफुले नसकेको बेला परियोजनाले घर छाईदिएको भन्दै गोरखा नगरपालिका ९ कि जुना रिमालले खुसी ब्यक्त गरिन ।

प्रतिक्रिया दिनुहोस्